१० जेष्ठ २०८२, शनिबार
spot_img
१० जेष्ठ २०८२, शनिबार
spot_img

काठमाडौं र चितवनमा बर्डफ्लु देखियो

spot_img

काठमाडौं ।  पछिल्लो समय काठमाडौंको गोकर्णेश्वर र चितवनमा बर्डफ्लु देखिएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवाखानी र चितवन राप्ती नगरपालिका वडा नं ६मा बर्डफ्लु देखिएको पशु सेवा विभागले जानकारी दिएको छ। बर्डफ्लु देखिएपछि गोकर्णेश्वरमा २० वटा स्थानीय कुखुरा, ५ वटा परेवा र ३ लौकाट नष्ट गरिएको छ।

त्यस्तै, चितवनमा १ हजार ९ सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हाँस, २० गोटा हाँसको अन्डा, १ हजार केजी दाना र ३ सय ५० गोटा अन्डाको क्रेट नष्ट गरिएको विभागले जानकारी दिएको छ।

केही समयअघि मोरङमा पनि बर्डफ्लु देखिएको थियो। रोग थप फैलन नदिन सुरक्षाका उपायहरू अपनाउन विभागले आग्रह गरेको छ।

कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा बिरामी परेमा नजिकको पशु सेवा निकायमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै