२५ आश्विन २०८१, शुक्रबार
spot_img
२५ आश्विन २०८१, शुक्रबार
spot_img
spot_img

निर्वाचनबारे जानकारी दिन आजदेखि निर्वाचन आयोगको दैनिक ‘प्रेस ब्रिफिङ’

spot_img

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चारमाध्यमलाई जानकारी गराउने भएको छ। कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न ४ बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ।

निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले ‘प्रेस मिट’ गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए।

स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ। दैनिकरुपमा सञ्चारमाध्यममार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता–सञ्चारकर्मी भेटघाट राखिएको उनले बताए।

दैनिकरुपमा हुने प्रेस मिटले निर्वाचन सम्बन्धमा आउनसक्ने भ्रमपूर्ण विषयवस्तुलाई चिर्नसमेत सहयोग पुग्ने आयोगको भनाइ छ। दैनिक प्रेस ब्रिफिङबाट समयको सही उपयोगका साथै सूचना प्राप्त गर्ने विषयमा हुनसक्ने अलमल अन्त्य हुने आयोगले विश्वास लिएको छ।

निर्वाचनसँग सम्बन्धित सबै समाचार र सूचना तोकिएको समयमा एकै स्थानबाट सहजरुपमा उपलब्ध हुने जनाउँदै आयोगले दैनिकरुपमा हुने प्रेस मिटमा उपस्थितिका लागि सबै सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गरेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै