२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

छोराछोरीलाई बचाउन भित्र गएका नजरदिन आखिर बाँच्न सकेनन्

spot_img

तुलसीपुर  । दाङको तुलसीपुर उपमहा नगरपालिका वडा नम्बर ५ ‘ङ’ लाईनमा रहेको ‘इरम फुटवेयर’ चप्पल गोदाममा आगलागी हुँदा
पाँच जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने २ बजेदेखि आगलागी भएको थियो । शुक्रबार बिहान सात बजे नियन्त्रणमा आएको थियो ।

आगलागीमा परी मृत्यु हुनेमा एकै परिवारका तीन जना र अन्य दुई जना गरी पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मृत्यु हुनेमा अर्घाखाँची घर भई लामो समयदेखि तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ घर भाँडामा लिएर ‘इरम फुटवेयर’ चप्पल गोदाम संचालन गर्दै आएका ४० वर्षीय नजरदिन अली, उनका ५ वर्षीय छोरा अविददिन अलि र छोरी १३ वर्षीया सुजिता खातुन अली रहेका छन् ।

नजरदिन अलीले आफ्नो सुतिरहेका छोरा अविददिन अलि र छोरी सुजिता खातुन अलीलाई बचाउन गएका थिए । तर उनले आफ्नो छोराछोरी बचाउन जाँदा आफूले पनि मृत्युवरण गर्न प¥यो । नगरदिन अलीको छ जनाको परिवार थियो ।

उनको श्रीमती, बुवा र एक छोरालाई उठाएर उनीहरुलाई सडकमै बस्न लगाइ एकछोरा र छोरीलाई लिएर आउँछु भन्दै भित्र दौडिएका थिए । नजरदिन र उनकी श्रीमती एक छोरा र उनका बुवा अगाडी तथा उनका एकछोरा एकछोरी पश्चिम तिर पछाडि अन्तिम कोठामा सुतेका थिए । तर, छोरा छोरी बचाउन गएका नगरदिन आँफै धुँवाको मुस्लोमा फसेर निशास्सिए । उनी शौचालयमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

नगरदिनको पुर्खेउली घर अर्घाखाँची भएपनि उनी परिवारसहित लामो समयदेखि तुलसीपुरमा बस्दै आएका थिए । नगरदिनको छ जना परिवार मध्य तीन जना सकुशल रहेका छन् ।
त्यस्तै सुर्खेत पुर्खेउली घर भई हाल सोही घर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ङ’ लाइनको तुलसी बोर्डिङ चोक नजिकैको रोडमा बस्दै आएका सहोदर दाजु भाई १६ वर्षीय मसिन बकस र उनका भाई १४ वर्षीय हसन बकसको पनि धुँवामा निशास्सिएर मृत्यु भएको छ । गहिरो निन्द्रामा रहेका उनीहरु धुँवामै निशास्सिएर मृत्युको मुखमा पुगेका हुन् ।

मृतक मध्ये घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । घरधनी काठमाडौँमा बस्दै आएकाले उक्त घरमा अन्य तीन परिवारका १४ जना भाँडामा बस्दै आएका थिए । उक्त घर बैंकका पूर्व कर्मचारी बक्सबहादुर केसीको हो ।

तर, त्यो घरमा सबै भाडामा लिएर बसेका थिए । तल्लो तलामा अगाडी चप्पल पसल र पछाडी गोदम थियो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकल, स्थानीयको सक्रियतामा बिहान ७ बजेमात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागि पहिलो तलाबाट
सुरु भएको थियो ।

आगलागिबाट करिब ७ करोडको क्षति आगलागिबाट करिब ६/७ करोडको क्षति भएको प्रहरी प्रमुख अर्यालले बताए । माथिल्लो तलामा कस्मेटिकको गोदाम र तल्लो तलामा जुत्ता चप्पलको गोदाम रहेकोले ठूलो धनराशिको क्षति भएको उनले बताए । ‘एकिनका साथ यतिनै क्षति भएको छ भन्न सक्ने अवस्था छैन्, माथिल्लो तलामा कस्मेटिक पसलको गोदाम र तल्लो तलामा जुत्ता चप्पलको गोदाम भएकोले ठूलो धनराशिको क्षति भएको हाम्रो प्रारम्भिक अनुसन्धानले बताएको छ, गोदाम ठूलै भएकोले क्षतिपनि धेरै नै भएको अध्ययनले देखाएको छ, प्रहरी प्रमुख अर्यालले भने ।’

त्यस्तै प्रहरीले आगलागिको कारण विद्युत सट भएको बताइरहदा विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञान बहादुर पर्सालले भने विद्युत सटका कारण आगलागि नभएको बताएका छन् । उनका अनुसार घरमा विद्युत लाइन (मिटर बक्स) चेक गर्दा कुनै पनि समस्या नरहेको बताए । घर बनाउदा जति इन्जिनियरीङ डिजाइन गरे, घर नक्सापास गरी घर बनाइन्छ, त्यस्तैगरी घर बनाउदा घरको वाइरिङमा ध्यान पुर्याएर आगलागिका घटनाहरु नदोहोरिने बताए ।

मृतकका परिवारले क्षतिपूर्ति पाउँछन्
जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख हिरालाल रेग्मीले आगलागी भएको ठाउँको स्थलगत अनुगमन गरेका छन् । प्रमुख रेग्मीले घटनास्थलको अनुगमनका क्रममा आगलागीमा परी मृत्युवरण गरेका परीवारलाई सरकारले क्षतिपूर्ति दिने बताएका छन् । नेपाल सरकारको नियमानुसार मृतकका परीवारलाई क्षतिपूर्ति दिइने बताएका हुन् ।

‘नेपाल सरकारको नियमानुसार आगलागिमा परी मृत्युवरण गरेका परिवारका एक जना भए दुई लाख र एकै परिवारका एक भन्दा बढी व्यक्तिको मृत्यु भएको खण्डमा प्रति व्यक्ति एक /एक लाख राहत रकम दिने व्यवस्था रहेको छ । प्रशासनले २० हजार मात्रै राहत दिने नियम छ । तर १० हजार भन्दा बढी क्षति भएको खण्डमा जिल्ला प्रशासनले प्रदेश सरकारलाई सिफारिस पठाउने, त्यसपछि प्रदेश सरकारले कति दिन्छ, उनले भने ।’

मृतकको शोकमा तुलसीपुर बजार बन्द दाङको तुलसीपुरमा ५ जनाको ज्यान जानेगरी भएको आगालगी घटनाको शोकमा तुलसीपुर उद्योग वाणिज्यसंघले एकदिन बजार बन्द गर्ने निर्णय गरेको छ । तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष राम प्रसाद चालिसेको अध्यक्षतामा शुक्रबार आकस्मिक बैठकले शोकमा तुलसीपुर बजार एकदिनका लागि बन्द गर्ने निर्णय गरेको महासचिव बिनिल केसीले जानकारी दिए ।

साथै बैठकले पीडित परिवारलाई तत्काल राहत प्रदान गर्ने निर्णय गरेको छ । बैठकले पीडित परिवारलाई राहत प्रदान गर्न सबै सहयोगी मनहरुमा अपिल समेत गरेको छ । त्यस्तै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी लगायतले आगलागीमा परी पाँच जनाको मृत्यु भएको घटना प्रति दुःख व्यक्त गरेका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै