२ असार २०८१, आईतवार
spot_img
२ असार २०८१, आईतवार
spot_img
spot_img

कपिलवस्तुको शिवराजमा वडा अध्यक्ष चौधरीसहित सयौं कार्यकर्ता कांग्रेसमा प्रवेश

spot_img

कृष्ण पौडेल
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा २ का अध्यक्ष राम बहादुर चौधरी नेपाली काग्रेसमा प्रवेश गरेका छन् । आज आयोजित एक कार्यक्रमका विच वडा अध्यक्ष चौधरी सहित वडामा निर्वाचित तीन सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वडा सदस्यहरु जसराम अहिर,प्रभु थारु,चिन्का पासी सहित विभिन्न पार्टी परित्याग गरि ४०० जना पार्टी प्रवेश गरेको नेपाली कांग्रेस शिवराज नगरसमितिले जनाएको छ । गत माघ २२ गते शनिबार कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताव शाह सहित करिव ४ हजार बढी कांग्रेसमा प्रवेश गरेका थिए ।नव प्रवेशिलाई पार्टि सदस्यता प्रदान गर्दै लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसमा स्वागत गर्नुभएको छ । शभापति पुनले वडा अध्यक्ष थारुको नेपाली कांग्रेसमा प्रवेशले कपिलवस्तु शिवराजमा कांग्रेस थप वलियो भएको विश्वास व्यतm गर्नुभएको छ । पुनले आउदो स्थानिय तहको चुनावमा शिवराजलाई कांग्रेसमय बनाउनका लागी गुट उपगुटको पछि नलागी पार्टीको निर्देशन अनुसार चल्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।कार्यक्रममा वडा अध्यक्ष थारुलाई पार्टिका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय , जिल्ला सभापति अव्दुल कलाम, अर्घाखाचीं पुर्व सभापती तथा लुम्बिनी प्रदेश सहमहामन्त्री विस्नु मुस्कान, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेम बहादुर रायमाझी,जिल्ला सदस्यहरु इश्वरी पाण्डेय,केशव पाण्डेय, युवा नेता अजय थापा,कमल केसि लगाएतका नेताहरुले सुभकामना व्यक्त गरेका छन ।थारुले नेपालको विकाशील र लोकतान्त्रीक पार्टि नेपाली कांग्रेस भएको ठहर गर्दै आफु कांग्रेस प्रवेश गरेको वताउनुभएको छ । वडाका विकासमा समेत थप टेवा पुग्ने अध्यक्ष थारुले बताउनु भयो । कार्यक्रम नेपाली काग्रेस नगरसमितीको आयोजनामा सम्पन्न भएको छ

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै