२९ पुष २०८१, सोमबार
spot_img
२९ पुष २०८१, सोमबार
spot_img

ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गरिने

spot_img

काठमाण्डाै – ललितपुरमा ऐतिहासिक मल्लकालीन नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गरिने भएको छ। यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायम भएकोले नृसिहं जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर साधारण किसिमले सञ्चालन गरिने भएको हो ।​

यसवर्षको नृसिंह जात्रा पाटनको गाःबहाल दुने चोकका कोमलेशानन्द राजोपाध्याय्को परिवारबाट सञ्चालन गरिने छ ।  ललितपुरका राजोपाध्याय समुदायले पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा सञ्चालन गर्ने गर्दछ । जात्राको क्रममा पाटनको गाबहाल, पिम्वहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पुर्णचण्डी लगायत विभिन्न ठाउँमा नृसिंह देवगण सहित अप्सरा गण लगायतले यात्रा गर्ने चलन छ।

नेपाल संवत् ७५१ अर्थात विक्रम संवत् १६८८ देखि  यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्तावेज छ।  हरेक वर्ष साउन कृष्ण पञ्चमीका दिन सञ्चालन गरिने नृसिंह जात्रा पर्सि शुक्रबार सञ्चालन हुनेछ। 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै