१६ चैत्र २०८०, शुक्रबार
spot_img
१६ चैत्र २०८०, शुक्रबार
spot_img
spot_img

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री खाँण

spot_img

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै गृहमन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका हुन्।

बैठकमा गृहमन्त्री खाणले भने :

राजधानीको सुरक्षा गर्ने नेपाल प्रहरीको अधिकारभन्दा पनि जिम्मेवारी हो। जनताको पनि सुरक्षा गर्ने प्रहरीको जिम्मेवारी हो । अन्तर्राष्ट्रिय परिदृश्य बदलिइरहेका छन्, त्यसकारण सुरक्षा संवेदनशीलता बढिरहेको छ।

सुरक्षासँग सम्बन्धी कतिपय नीति निर्णयको गोपनीयता पनि राख्नुपर्ने हुन्छ। काठमाडौं उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्छ । काठमाडौं एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान नै किडन्याप भएर गयो।

नेपालले मात्र होइन, जसको विमान किडन्याप भयो उसले पनि मूल्य चुकाउनुपर्‍यो। अहिले पनि पश्चिमा आकाशमा विमान बन्देज छ।
यसबीचमा नेपालमा दुई देशका राष्ट्रप्रमुख आउनुभएको थियोे।

त्यसको सुरक्षामा १० हजार जनशक्ति परिचालन गर्नुपर्‍यो । त्यो किन गरियो भने नेपाल सुरक्षित गन्तव्य हो । अन्तर्राष्ट्रिय चासो र विश्वसनीयता पनि बढेर जान्छ भन्ने थियो।

बाटोमा एउटा पनि कालोझन्डा देखायो भने संसारभर सूचना त्यही बन्छ, फलानो देशको राष्ट्र प्रमुख गयो र कालोझण्डा देखाइयो ।
सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विधेयक ल्याएको हो ।

प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै