गुल्मी । गुल्मीमा जिप दुर्घटना भएको छ।जिल्लाकाे रेसुङ्गा नगरपालिका वडा नम्बर १० पाँचराते भन्ने स्थानमा दुर्घटना परेर तीन जनाकाे मृत्यु भएको छ ।





मृत्यु हुनेमा मुसिकाेट नगरपालिका वडा नम्बर २ जलजले ७० वर्षका क्षेत्र बहादुर थापा,वडानम्बर ३ नेटा बस्ने १९ वर्षकी संगिता सुनार ४६ बर्षिया राधिका थापाकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताए ।

दुर्घटनामा परेर ६ जना घाइते भएको छन् । बुटवलबाट तम्घास तर्फ आउदै गरेको लु १ ज ४४९० नम्बरको जिप आफै अनियन्त्रित भई सडक देखि ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा मुसिकोट नगरपालिका वडानम्बर–२ जलजला बस्ने गाडी चालक २६ वर्षको कमल थापा , ४३ वर्षकी खिमा थापा ३८ वर्षकी जुना थापा , ३६ वर्षको राजु थापा , वडा नम्बर–३ नेटा बस्ने ४७ वर्षकी सुमित्रा सुनार र चितवन जिल्ला भरतपुर उपमहानगरपालिक बस्ने ५० वर्षकी राधा के.सी घाइते भएको समेत प्रहरिको श्रोतले बताएको छ ।

जिपमा सवार ९ जना घाइते मध्ये ३ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अरु घाइते ६ जनाको अवस्था मध्यम रहेको र उनिहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।