अर्घाखाँची । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।





पक्राउ पर्नेमा गुल्मी जिल्लाको इश्मा गाउँपालिका हल्दिटारा घर भइ अर्घाखाँची जिल्लाको छ्त्रदेव गाउँपालिका अर्घातोष बस्ने ४३ बर्षीय लाल बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहले बताएका छन । उनले आफ्नै श्रीमती ३० वर्षीया सिता कुमाललाई कुटपिट गरि हत्या गरेको अभियोग रहेको छ ।

बुधवार राति श्रीमान र श्रीमती बिच घरायसी झगडा हुदा लालबहादुरले कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ। कुमाललाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान गरेको प्रहरीको श्रोतले जनाएको छ ।