प्रेमनारायण आचार्य
अर्घाखाँची ।  जिल्लाकाे पाणिनि गाउँपालिकामा नेपाली काँग्रेसकाे सपथग्रहण  र पार्टी प्रवेश कार्यक्रम  सम्पन्न भएकाे छ ।





असाेज ९ गते निर्वाचित काँग्रेस पाणिनिका गाउँपालिका सभापति तुल्सिराम पाैडेल सहित कार्यसमितिलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले सपथ खुवाएका थिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहेका पाण्डेले काँग्रेसकाे संगठनलाई मजवुद बनाउन सबै एकजुट भएर अगाडि बढनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) , पुर्व पार्टी सभापति कमल प्रसाद भुसाल , जिल्ला उपसभापति शान्ता भण्डारी लगाएतका जिल्ला नेताहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस पाणिनिका सभापति तुल्सिराम पाैडेलकाे अध्यक्षता, सचिव प्रमाेद गाैतमकाे स्वागत र शिक्षक संघ पाणिनिका अध्यक्ष कृष्ण घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

त्यस्तै पाणिनि गाउँपालिका वडा नम्बर ८ पालीमा नेकपा एमाले र माओवादी परित्याग गरि स्थानिय नेताकार्यकर्ताहरु २९ जना नेपाली कांग्रेसमा एक समारोहबीच प्रबेश गरेका छन ।