अर्घाखाँची
देशभर नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको अधिवेशनले नेतृत्व चयन गरेको छ।





प्रकाशराज पन्थीको नेतृत्वमा चयन भएको समितिको उपाध्यक्षमा शोभाखर न्यौपाने र फर्सुराम पाण्डे रहेका छन् । त्यस्तै सचिबमा ज्ञानबहादुर पाण्डे र कुलबहादुर रायमाझी निर्वाचित भएका छन्