नन्दु यादव
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले २०७८/३/१३ देखि २०७८/५/२९ गतेसम्म काे समय सााढे २महिनामा २ कराेड ४९ लाख ४५ हजार २सय ११ रुपैया बराबरको राजस्व दाखिला गरेकाे छ ।





१० जना फरार अभियुक्त लाई पक्राउ गर्न सफल भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का सुचना अधिकारी राजु लामाले जानकारी दिनु भयाे ।

जसमा २कराेड १३लाख २९हजार४सय११रुपैया बराबरकाे हरियाे मटर ,कपडा,ईलेक्ट्रानिक सामान ,साधनका पार्टपुर्जा चिनि लगायतकाे सामानहरु भन्सार तथा राजस्व बिभागमा बुझाईएकाे छ।तेसै गरि३२लाख९०हजार स्राेत नखुलेका नगद सहितका २जना ब्यक्तिलाई राजस्व कार्यालय पठाईएकाे बताईएकाे छ ।

अबैध खाेलामा उत्खनन गरिरहेका १५वटा ट्रेक्टर र २वटा जेसिबि लाई नियन्त्रण लिई ३लाख ५हजार बराबरकाे राजस्व सन्कलन भएकाे रअबैध काठ बाट २०हजार ८सयमूल्य राजस्व दाखिला गरिएकाे बताईएकाे छ ।यसै गरि ७वटा लागु औषध मुद्दा दर्ता गरिएकाे छ ।

२०७८/३/१३गते जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी मा सरुवा भई अाउनु भएका प्रहरी प्रमुख मनाेज कुमार यादव ले निकै सक्रियताका काम काजलाई निरन्तरता दिदै आउनु भएकाे छ ।जिल्लामा आउदा आमनागरिक शान्ति सुरक्षामा कटिबद्ध रहेका प्रमुख यादवले तस्करहरुलाई भने तह लगाउनु भएकाे छ ।वहाँ आजदेखी जिल्लामा तस्करीमा कमि आएको छ ।