नन्दु यादव
नवलपरासी । जनता समाजबादि पार्टी नेपालले अहिले जिल्लामा पार्टि सुदृढीकरण तथा बिस्तार कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढिरहेकाे छ । विभिन्न स्थानिय तहमा धमाधम पार्टि बिस्तार कार्यक्रम मा नेताहरु निकै सक्रियताका साथ लागिपरेका छन ।





यसै गरि शनिवार सरावल गाउपालिका वडा नम्बर ७ भुजहवामा पनि जसपा नवलपरासीले अभिमुखिकरण तथा पार्टि बिस्तार कार्यक्रम सम्पन्न गरेकाे छ ।

स्थानिय देवेन्द्र यादवकाे अध्यक्षता तथा पुर्व शिक्षा राज्यमन्त्री गाेबिन्द चाैधरी काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे जसपा नवलपरासी का नेता मदन यादवले जानकारी दिनुभयाे ।कार्यक्रम जसपाका नेता हरिलाल यादव ,सुबासचन्द्र यादव ,ईन्दकमल यादव ,मदन यादव लगायतले पार्टि बिस्तार बारे आ/आफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले मधेशी ,थारु ,मुस्लिम, दलित पिछडाबर्गकाे हक-अधिकार स्थापितका लागि बर्षाै देखि जसपाले लडाई गर्दै आएको र हक-अधिकार स्थापित कम लागि लडाई गर्न सधै तयार रहेकाेले सबै समुदायका आम जनता एक जुट भई अगाडि बढनुपर्ने कुरामा जाेडदिनु दिएका हुन । अझै पनि मधेसमा रहेकाे जनसंख्याको आधारमा आरक्षण ,सरकारमा सहभागिता,बजेट बिनियाेजन चाहे अनुसार नभएकाे जिकिर समेत गरेका हुन ।

२०६२/६३ काे मधेश आन्दोलनले गरेकाे उपलब्धिहरुलाई सस्थागत गर्न सबै यकजुट हुनुपर्ने बताएका छ्न ।

कार्यक्रम बाट देबेन्द्र यादवकाे अध्यक्षतामा २३ सदस्यीय सरावल गाउँपालिका वडा नम्बर ७ काे वडा कार्यसमिति समेत गठन गरिएकाे हो । जसकाे उपाध्यक्षमा सन्ताेष पाण्डे , सचिवमा प्रदिप यादव , सहसचिवमा राधे हरिजन , काेषाध्यक्षमा सघुरा देबी गुप्ता सहकाेषाध्यक्षमा प्रहलाद यादव सदस्य मा बनारसि यादव ,गंगा केवट ,बसन्तकेवट ,ठाकुर हरिजन टुवर हरिजन लगायत रहेका छन ।