काठमाडौँ । कक्षा १२ को स्थगित परीक्षा भदौ ३० गतेदेखि हुने भएको छ ।





राष्ट्रिय परीक्षा बोर्डको वुधबार बसेको बैठकले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म गर्ने निर्णय गरेको हो । बाेर्डले यसअघि साउन ३१ गतेदेखि हुने तालिका सार्वजनिक भए पनि काेराेना महामारीका कारण राेकिएकाे थियाे ।