गोकर्ण पाण्डे
गुल्मी । गुल्मीमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पिसिआर परिक्षण गर्दा १८ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। याे संगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ७५५ पुगेको छ।





त्यस्तै,पछिल्लो २४ घण्टामा ४२ जना काेराेना संक्रमण मुक्त भएका छन् । अहिले सम्म कुल चार हजार सात सय ९२ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९५ जनाले ज्यान गुमाएका छन्।