गोकर्ण पाण्डे
गुल्मी । गुल्मीमा पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पिसिआर परिक्षण गर्दा ३४ जना र एन्टिजेन परिक्षण गर्दा ६८ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ५६७ पुगेको छ।





तस्तै,पछिल्लो २४ घण्टामा ८० जना काेराेना संक्रमण मुक्त भएका छन्। अहिले सम्म कुल चार हजार चार सय ६१ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।